नियम २२
नियुक्ति बदर हुन सक्ने अवस्था
देहायको अवस्थामा नियुक्ति गर्ने अधिकारीले प्रहरी कर्मचारीको नियुक्ति वदर गर्न सक्नेछः–
(क) परीक्षणकालमा कार्य सम्पादनमा दक्षता नदेखिएमा वा जिम्मेवारी वहन गर्न असक्षम देखिएमा वा आचरण सन्तोषजनक नभएमा, वा
(ख) प्रहरी आधारभूत तालीममा असफल भई नियम १६० बमोजिम मौका दिदा समेत त्यस्तो तालीममा पुन असफल भएमा ।